NP EN

प्रधानमन्त्रीद्वारा प्रमुखप्रतिपक्षी दलका नेताहरुसँग छलफल

काठमाडौं ९ जेठ,प्रधानमन्त्री केपी शर्मा ओली लगायत सत्ता पक्षका नेता र प्रमुख प्रतिपक्षका नेताहरु बीच आज बालुवाटारमा समसामयिक बिषयमा छलफल भएको छ ।

छलफलमा संसद नियमावली, संसदीय समिती गठन,संसदको अन्तरिम कार्यविधी,सरकारको नीति तथा कार्यक्रम लगायतका बिषयमा छलफल भएको छ । छलफलमा प्रधानमन्त्री ओलीले नियामवली बनाउने बिषयमा सहमती गरेर जान प्रमुख प्रतिपक्षी दलका नेताहरुलाई आग्रह गर्नुभएको छ ।



छलफलमा प्रधानमन्त्री ओली,नेकपाका अध्यक्ष पुष्पकमल दाहाल,प्रवक्ता नारायणकाजी श्रेष्ठ,महासचिब बिष्णु पौडे,पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ हुनुहुन्थ्यो । यसैगरी प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा,नेताहरु रामचन्द्र पौडेल,शसांक कोइराला,कृष्ण सिटौला,पूर्ण बहादुर खड्का,बिजय गच्छादार र मिनेन्द्र रिजाल हसभागी हुनुहुन्थ्यो ।