काठमाडौं, २० जेठ, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम साइकल दिवशको शुभकामना व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले साइकल दिवशको अवसरमा आज बषन्तपुरमा आयोजित कार्यक्रममा लिखित शुभकामना पठाउदै मानव जीवन साइकल चढे जस्तै भएको बताउनुभएको छ । गतिशिल मानव जीवनको प्रतिकको रुपमा साइकल चिनिएको साइकलको प्रयोगमा सबैलाई प्रोत्साहित गर्नुपर्ने प्रधानमन्त्री ओलीके शुभकामनामा उल्लेख छ ।
साइकलको ऐतिहासिकता बारे प्रष्ट्याउदै प्रधानमन्त्री ओलीले शुभकामना मन्तवयमा भन्नुभएको छ ”आरोग्य, खेलकूद र व्यायामका लागि संसारका सबैजसो भू–भागमा साइकल प्रभावकारी साधनका रुपमा लोकप्रिय रहँदै आएको छ । दुई सय वर्ष अघि जर्मनीका एक धनाढ्यले पहिलो पटक साइकल प्रयोग गर्दा यसको यति व्यापक प्रसार हुनेछ भन्ने नसोचेका पनि हुन सक्छन् । तर वितेका दुई शताब्दीमा सरल, सर्वसुलभ, वातावरणमैत्री, प्रदूषण रहित र आवत–जावतको मितव्ययी साधनका रुपमा समेत यो झन्झन् लोकप्रिय हुँदै आएको छ ।”
प्रधानमन्त्री ओलीले आफ्नो शुभकामनामा साइकल यात्रीको सुरक्षा र सुविधालाई ध्यान दिंदै काठमाडौं महानगरमा साइकल ट्रयाक निर्माण गर्ने देखि प्रमुख सार्वजनिक यातयातका साधनको रुपमा विजुलीबाट चल्ने मोनोरेलको सुरुवात गरिने उल्लेख गर्नुभएको छ ।