NP EN

विज्ञान प्रविधिको विकास नभइ देश विकास हुदैन : प्रम ओली

ललितपुर २७ जेठ, प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञान र प्रविधिको विकाश नभइ देशको विकाश नहुने बताउनुभएको छ । 
नेपाल विज्ञान तथा प्रज्ञा प्रतिष्ठान (नाष्ट) खुमलटारमा ४१ औं प्राज्ञसभाको उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
 प्रधानमन्त्री ओलीले नाष्टले देशको विकासका लागि  खोज र अनुसन्धान गनुपर्ने बताउनुभएको छ । नयाँ नयाँ आविश्कार गरेर देशलाई विज्ञान र प्रविधिको क्षेत्रको अब्बल बनाउनु पर्ने प्रधानमन्त्री ओलीको धारणा छ । “नाष्टले पत्ता लगाएक प्रविधि हामीले कृषि लगायतका क्षेत्रमा प्रयोग गरेर लाभ लिने हो” प्रधानमन्त्री ओलीले भन्नुभयो “नाष्टको प्राज्ञसभामा सामान्य भन्दा वृहत योजना ल्याउनु उपयुक्त हुन्छ ।”

 प्रधानमन्त्री ओलीले आर्थिक बर्ष २०७५÷०७६ को नीति तथा कार्यक्रम र बजेटलाई विकासको नयाँ सुरुवातको रुपमा लिनु पर्ने बताउनुभयो । “नेपाललाई विकासको प्रारम्भ बर्षको रुपमा अघि बढाउन नीति कार्यक्रम र बजेट कोशेढुंगा हुन्” प्रधानमन्त्ती ओलीले भन्नुभयो “दुई बर्ष भित्र देशलाई अति कम विकशित देशबाट स्तरोन्नती गर्ने र १२ बर्ष भित्र मध्यम स्तरको आय भएको देशको रुपमा विकास गरिने छ ।”
प्राज्ञसभा आगामी असार १९ गते बस्ने गरी स्थगित गरिएको छ ।