NP EN

वर्तमान सरकार समाजवाद उन्मुख : प्रधानमन्त्री ओली

काठमाडौं २ असार प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार समाजवाद उन्मुख रहेको बताउनुभएको छ ।

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को संसदीय दलको बैठकलाई आज बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले सासंसदहरुलाई विकास र समृद्धका नायकको संज्ञा दिंदै नायकत्वलाई कुशल ढंगले लैजान आग्रह गर्नुभएको छ ।  बजेट बिनियोजनका बिषयमा जथाभावी कुरा गरेर जग हसाउनु उपयुक्त नहुने बताउनुभएको छ । बजेटमा केही कमजोरी भए त्यसलाई विभिन्न ढंगले सम्बोधन गर्न सकिने प्रधानमन्त्रको भनाइ छ ।

“अघिल्लो सरकारले भत्काएको  वितीय अनुशासनलाई थप भत्काउनु उपयुक्त थिएन ” प्रधानमन्त्री ओलीले भन्नुभयो “जसले गर्दा सबैका माग सम्बोधन हुन सकेन होला ।”



विकास र समृद्धिका लागि नेपालमा अहिले सर्वाधिक अनुकलताको समय रहेको प्रधानमन्त्रीको भनाइ छ । समृद्धिका लागि कुल ग्राहस्थ उत्पादनलाई नहेरी सबैले अनुभुत गर्ने गरी यो अभियानलार्य अघि बढाइने प्रधानमन्त्री ओलीको भनाइ छ ।  “ हामी समाज परिवर्तनको नयाँ बाटो प्रतिपादन गरिहेका छौं ” प्रधानमन्त्री ओलीले भन्नुभयो “सुशासन र विकासको बाटोमा हिड्नलाई उपयुक्त समय भएकोले सबैले यस अनुकुलतालाई उपयोग गर्नुपर्दछ । ”