काठमाडौं ३१, असार, प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिका लागि साहित्य क्षेत्रको पनि विकास हुने पर्ने बताउनुभएको छ । चन्द्रागीरी हिमवत खण्ड कला साहित्य सम्मिलनको समापन गर्दै आज प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री ओलीले भौतिक विकास सँगै साहित्य,संस्कृति,शिक्षा आदि कुराको विकास भएमा समृद्धि हासिल गर्न सजिलो हुने बताउनुभएको छ ।
“कुनै एक क्षेत्रको मात्र विकास भएर समृद्धि आउन सकदैन” प्रधानमन्त्री ओलीले भन्नुभयो “समाजलाई समुन्नत बनाउनका लागि हरेक क्षेत्रको विकास आवश्यक छ ।” प्रधानमन्त्री ओलीले नेपाल कला,साहित्य र संस्कृतीमा नेपाल उहिले देखि नै अब्बल रहेको बताउनुभयो । यसको निरन्तरताका लागि अहिलेको पुस्ताले यसमा ख्याल गर्नुु पर्ने प्रधानमन्त्रीको तर्क छ । प्रधानमन्त्री ओलीले सरकार कला र साहित्यको विकाशका लागि सधैं सकारात्मक भएको बताउनुभएको छ । “वर्तमान सरकार कलाकार र साहित्यकारहरुको साथमा छ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।
प्रधानमन्त्रीद्व्वारा कविता रचना र बाचन चन्द्रागिरीको भालेश्वर मन्दिर परिषरमा पुगेर प्रधानमन्त्री ओलीले भावपूर्ण कविता रचना गर्नुभएको छ । कार्यक्रम समापनको अवसरमा मन्तव्य दिने क्रममा प्रधानमन्त्री ओलीले यही कविताबाट आफ्नो भनाइ सुरु गर्नुभएको थियो ।
प्रधानमन्त्रीले लेखेको कविता यस प्रकार रहेको छ :
परिवर्तनशील दुनियाँमा सधैँ बाँचेको को छ र!
बाँचुञ्जेल हो जिन्दगी मर्नु त छँदै छ।
मरे पनि केही छैन, त्यसपछि पनि सपना देख्न पाउँ
सगरमाथा, लुम्बिनी, मेची, महाकाली
हाम्रा लहलह खेतबारी, झपक्क कान्ला र आली।
सपनामा भए पनि देख्न पाउँ
चन्द्रागिरिको डाँडामा आएर सपनामा भावी सन्तति मुस्कुराएको देख्न पाउँ
तिनको हँसिलो मुहारको तस्बिर खिच्न पाउँ
म मरेपनि केही छैन, त्यसपछि पनि सपना देख्न पाउँ।