काठमाडौं,३ साउन,प्रधानमन्त्री केपी शर्मा ओलीले तराईको समग्र विकासका वृहत योजना बनाउने प्रस्ताव गर्नुभएको छ ।
राजपाका नेताहरुसँग आज साँझ बालुवटारमामा भएको भेटघाटमा प्रधानमन्त्री ओलीले सो प्रस्ताव गर्नुभएको हो ।
तराईको विकास,चुरे संरक्षणको ठोस कदम,तटबन्धन ,उद्योग स्थापना आदि लागि वृहत योजना बनाउन प्रधानमन्त्रीले प्रस्ताव गर्नुभएको छ । प्रधानमन्त्री ओलीले “तराईको विकासका लागि मानसिकता पनि परिवर्तन गर्नुपर्ने” बताउनुभएको छ ।
सुगम ठाउँ भएर पनि न्यून साक्षरता दर,विभिन्न सामााजिक विकृतिबाट तराइका जनतालाई मुक्त पार्नु पर्ने प्रधानमन्त्री ओलीले बताउनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो “यी सबै समस्या समाधानका लागि राजन्ीतिक रुपमा योजना बनाऔं र कार्यन्वयन गरौं । ” अघिल्लो सरकारका बेला अघि सारेको जनता आवास कार्यक्रम प्रभावकारी नभएकोले त्यसको साटो तराईमा पनि एकिकृत वस्तीको बसाउने सरकारको योजना रहेको प्रधानमन्त्रीले नेताहरुलाई जानकारी गराउनुभएको छ ।
राजपाका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरले प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाउनु भएको छ । प्रधानमन्त्री ओलीले ज्ञापन पत्र हेरेपछि राजपाले पहिला उठाएका मतिपय माग असान्दर्भिक भइसकेको प्रतिक्रिया दिनुभएको छ । “हिजोका कतिपय माग आज असान्दर्भिक भइसकेका छन् । त्यसमा तपाईंहरुले पनि पुन विचार गर्नुहेस ” प्रधानमन्त्री ओलीले भन्नुभएको छ ।
संविधान संसोधनका बारेमा नेताहरुले राखेका जिज्ञासमा प्रधानमन्त्री ओलीले आवश्यकता र औचित्यका आधारमा संविधान संसोधन हुने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले भन्नुभएको छ “संविधानमा देखिएका त्रुटीहरुमा छलफल गरौं तर यसैमा अल्झिएर नबसौं । देश विकासमा लागौं ।”
राजपामा नेताहरुले तराइको बाढी,दुईबर्ष अघिको आन्दोलनका घाइतेको अवस्था र मुद्धा,तराइको विकास,मधेस र थारु आन्दोलनको छानविनका लागि बनेको आयोगको प्रतिवेदन र संविधान ससोधनका बिषयमा प्रधानमन्त्रीसँग छलफल गर्नुभएको थियो । छलफलका लागि नेताहरु मह्न्थ ठाकुर,राजेन्द्र महतो,शरदसिंह भण्डारी,महेन्द्र राय यादव,राजकिशोर यादब र केशव झा बालुवटार आउनुभएको थियो । नेताहरुले साँझ ८ बजे देखि प्रधानमन्त्रीसँग करिब डेढ घण्टा छलफल गर्नु भएको थियो ।