NP EN

समृद्धिको खाका अनुसार सरकारले नयाँ शिक्षा नीति अवलम्बन गर्न लागेको छ : प्रम ओली

काठमाडौं,५ साउन, प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिको खाका अनुसार जनशक्ति व्यवस्थापन गर्न सरकारले नयाँ शिक्षा नीति अवलम्बन गर्न लागेको बताउनुभएको छ ।

त्रिभूवन विश्व विद्यालयको ५९ औं बार्षिक दिवश बैठकलाई आज किर्तिपुरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । 

प्रधानमन्त्री ओलीले कुनै अध्ययन अनुसन्धान बिना विश्वविद्यालयहरुले  कलेजको सम्बन्धन दिइरहंदा देशमा बेरोजगारहरु बढेको प्रधानमन्त्रीको भनाइ छ । पढेका मान्छे बेरोजगार नुहन भनेर सरकारले क्षेत्रगत रुपमा आवश्यक जनशक्तिको अध्ययन गरी त्यसै अनुसारको शिक्षा नीति तर्जुमा गर्न लागेको प्रधानमन्त्री ओलीले बताउनुभयो । “विकाश र समृद्धिको अभियानलाई सहयोग पुग्ने गरी क्षेत्रगत रुपमा जनशिक्तको माग र आपूर्ती हुने अवस्थाको अध्ययन भइरहेको छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “अहिले शिक्षा मन्त्रालय र राष्ट्रिय योजना अयोगले यो अध्ययन गर्दैछन् । यसको प्रतिवेदन आएपछि हामीले कुन क्षेत्रमा कति जनशक्ति उत्त्पादन गर्नुपर्ने रहेछ भन्ने स्पष्ट खाका आउछ ।”



विश्व विद्यालय अनुसन्धान केन्द्र भएकोले देशलाई आवश्यक पर्ने अनुसन्धान  यही संस्थाबाट हुनुपर्ने प्रधानमन्त्री ओलीले बताउनुभएको छ । वहाँले विश्व विद्यालयलाई अनुसन्धानमा अब्बल बनाउन निर्देशन दिनुभएको छ । 

देशको करिब दुई तिहाइ जनसंख्या कृषिमा निर्भर रहेको र यो क्षेत्र निर्वाहमुखी मात्र भएकोले यसलाई थप व्यावशायीक बनाउनु पर्ने प्रधानमन्त्रीको धारणा छ । प्रधानमन्त्री ओलीले भन्नुभयो “कृषिलाई आधुनिकीकरण र मेसिनिकरण गरेर उत्पादकत्व वृद्धी गर्नु पर्दछ । यसका लागि विश्व विद्यालयले पनि त्यसै अनुसारको नीति तय गर्नु पर्दछ ।”

कार्यक्रममा प्रधानमन्त्री ओलीले विश्व विद्यालयलाई विभिन्न समयमा जग्गा दान गर्ने जग्गादाताहरुलाई सम्मान पनि गर्नु भएको छ ।