काठमाडौं ८ साउन,प्रधानमन्त्री केपी शर्मा ओलीले अग्रगमन विरुद्धका सबै प्रयास नियन्त्रण गरिने बताउनुभएको छ ।
प्रेस चौतारी र प्रेस सेन्टरले आज पार्टी केन्द्रीय कार्यलयमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले सरकार गठन भएकै दिन देखि हनिमुन मनाउन नदिने भन्दै काँग्रेसले बखेडा झिकेको बताउनुभयो । “हामी हनिमुन मनाउन आएका होइनौं । काम गर्न आएका हौं” प्रधानमन्त्री ओलीले भन्नुभयो “सरकार गठन भएका दिन देखि अपदस्थ गर्छौं भन्नेहरुलाई थाहा हुनप¥यो चुनावबाट मात्र अपदस्थ गर्न सकिन्छ । जसरी हामीले काँग्रेसलाई अपदस्थ ग¥यौं । ”
प्रधानमन्त्री ओलीले कम्यूनिष्टहरुको सरकार आएको मन नपराउनेहरु अहिले विभिन्न नाममा आन्दोलनमा लागेको बताउनुभएको छ । “उनीहरुलाई खटपट भएको छ ,जसले प्रचण्डको टाउको ल्याउनेलाई ५० लाख दिन्छौं भनेका थिए । उही व्यक्ति शासनमा छ अहिले । जसले मलाई जेलमा षडाउन खोजेका थिए उही व्यक्ति प्रधानमन्त्री छु अहिले” प्रधानमन्त्री ओलीले भन्नुभयो “यो षडयन्त्र हुन्छ भन्ने कुरा हामीलाई पहिल्यै थाहा थियो । त्यस कारण यस्ता षडयन्त्रबाट डराउनु पर्ने केही छैन ।”
प्रधानमन्त्री ओलीले काँँग्रेसलाई प्रश्न गर्नुभएको छ “काँग्रेस लोकतान्त्रिक पार्टी हो कि होइन ? कतिपय ठाउँमा बस्त्र उतारेर बोलेको छ । कतिपय ठाउँमा बुर्का ओडेर बोलेको छ । ” नेपालमा अब लोकतन्त्रको नेतृत्व नेपाल कम्यूष्टि पार्टीले गर्ने प्रधानमन्त्री ओलीले बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले सेतो एप्रोन लगाएर एउटा पार्टीको कार्यकर्ता हुन नमिल्ने बताउनुभएको छ । “बिरामीको उपचार गर्ने जागिर खाएर हड्ताल गर्ने ?” प्रधानमन्त्री ओलीले भन्नुभयो “डाक्टरको जागिर खाएर हड्ताल गर्न पाइदैन भनेर सबैले बुझ्नु पर्दछ । ”
प्रधानमन्त्री ओलीले मन्त्रीहरुका अनुपयुक्त बोलीमा आफ्नो ध्यान भएको बताउनु भएको छ । त्यस्ता कुराहरुलाई विधि सम्मत ढंगले सम्बोधन हुने वहाँले बताउनुभयो ।
सरकारका बारेमा सञ्चार माध्यमहरुलाई गलत सुचना प्राप्त भएको हुन सक्ने प्रधानमन्त्री ओलीले बताउनुभयो । “सरकारले राम्रा काम गरेको छ । रेल ल्याउने कुरा गरेको छ । मेलम्चीको पानी चाँडै काठमाडौं आउदैछ” प्रधानमन्त्री ओलीले भन्ुनभयो “अघिल्लो सरकारले धेरै वेथिती छोडेर गएकोले त्यसको सुधारका लागि केही समय लाग्छ । यो स्थायी सरकार हो । पाँच महिनामा नै आतिनु पर्ने केही छैन ।” सुशासन र विकास हुन नदिने प्रयासलाई सफल हुन नदिने भन्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रणमा आफू गम्भिर भएको बताउनुभएको छ ।
कार्यक्रममा नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि मन्तव्य राख्नु भएको थियो ।