NP EN

राजनीतिक नेतृत्वले आर्थिक नियम कानुन भित्र बस्नुपर्छ : प्रम ओली

काठमाडौं, १५ साउन, प्रधानमन्त्री केपी शर्मा ओलीले  राजनीतिक नेतृत्वले आर्थिक नियम कानुन भित्र बस्नु पर्ने बताउनुभएको छ ।

महालेखा परीक्षकको २०७४/०७५  लेखा परीक्षण सम्बन्धि बैठकमा आज सिंहरदबारमा भएको बैठकमा  प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

राजनीतिले देशलाई बाटो देखाउनु भएकोले राजनीतिक व्यक्तित्वहरुले यस बिषयमा गम्भिर हुनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

कार्यलयहरुमा बेरुजु बढ्नु मुलुकको सशासनका लागि राम्रो संकेत नभएको प्रधानमन्त्रीले बताउनुभएको छ । “के कारणले बेरुजु भएको हो ?”प्रधानमन्त्री ओलीले भन्नुभयो “जानाजान बेरुजु गर्नु भनेको भ्रटाचार हो त्यसमा संलग्नलाई कानुनी कारबाही गर्नुपर्दछ । ”



प्रधानमन्त्री ओलीले  भ्रष्टाचार र अनियमितता गर्ने राज्यका कुनै पनि निकायले उन्मुक्ति नपाउने बताउनुभएको छ । बढ्दो बेरुजुले अन्तराष्ट्रिय जगतमा पनि नेपालको शाख गिराउने प्रधानमन्त्री ओलीको भनाइ छ । “नेपाली भ्रष्टचार गर्ने र ठगठाग गर्ने जाती होइन”प्रधानमन्त्री ओलीले भन्नुभयो “तर हामीमा मौलाएको महत्वकांक्षा र गलत संस्कारले नेपालीलाई भ्रष्टाचारतिर तान्यो । यो क्रमलाई अब यही बिराम लगाउनु पर्दछ ।”

बैठकमा  महालेखा परीक्षक टंकमणी शर्माले आर्थिक बर्ष २०७४/०७५मा  ४८ अर्ब रुपैंया बेरुजु देखिएको जानकारी दिनुभयो । बैठकमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार बिष्णु रिमाल र मन्त्रालयका सचिबहरुको उपस्थिती थियो ।