NP EN

अब नारा जुलुसमा होइन, विकासमा लागौँ : प्रम ओली

काठमाडौं, १८ साउन, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीले अबको समय नारा जुलुसमा नबिताएर विकास निर्माणका काममा लाग्नुपर्ने बताउनु भएको छ । गण्डकी प्रदेशका सांसदरुसँग आज सिंहदरबारमा अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले प्रधानमन्त्री ओलीले संविधानले केही नयाँ राजनीतिक संरचनाको व्यवस्था गरेकोले त्यसको व्यवस्थापन गर्न पर्दा केही समस्या भएको बताउनु भएको छ । “प्रदेशको संरचना हाम्रा लागि बिल्कुलै नयाँ हो,  प्रधानमन्त्री ओलीले भन्नुभयो –यो नयाँ अभ्यासमा अभ्यस्त हुन हामीलाई केही समय लाग्छ ।”

अघिल्लो सरकारले चुनाब हुनुअघि र सकिएपछि राष्ट्रिय ढुकुटीबाट जथाभावी रकम बाँडेको, विभिन्न रोगका उपचार निशुल्क गर्ने भनेकोले अहिले त्यसको असर अर्थतन्त्रमा देखिएको प्रधानमन्त्री ओलीको भनाइ छ । “अहिले उपचारका लागि अरबाँै रकम दाबी गरिएका बिलहरु आएका छन्, प्रधानमन्त्री ओलीले भन्नुभयो –चुनाव हारिसकेपछि सत्तामा जाने सम्भावना नभएकाहरुले देशलाई डुबाउने गरी यस प्रकारका निर्णयहरु गरेका छन् । जसले गर्दा हाम्रो अर्थतन्त्रलाई सन्तुलनमा ल्याउन समय लाग्ने देखिन्छ ।”



प्रधानमन्त्री ओलीले गण्डकी प्रदेशको समग्र विकासका लागि केन्द्र सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । अधिकांश सांसदहरुले कोरलाबाट त्रिवेणी–सुस्ता जोड्ने सडकका बिषयमा उठाएको प्रश्नमा प्रधानमन्त्री ओलीले सो सडक हाल निर्माणाधिन अवस्थामा रहेकोले  सरकारले आवश्यक रकम उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।