NP EN

​रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणा गर्न प्रधानमन्त्री समक्ष माग

काठमाण्डौ, २५ साउन । रामप्रसाद राई स्मृति प्रतिष्ठानको प्रतिनिधि मण्डलले २००७ सालको जनक्रान्तिका योद्धा रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेको प्रतिनिधि मण्डलले राष्ट्रिय विभूति घोषणा गर्ने प्रस्ताव प्रधानमन्त्री समक्ष बुझाएको हो । 


स्मृति प्रतिष्ठानका अध्यक्ष तारादेवी राई र रामप्रसाद राई फाउण्डेशनका अध्यक्ष शुष्मा राईले संयुक्त रुपमा बुझाउनु भएको प्रस्तावमा राईलाई राष्ट्रिय विभूति घोषणा गर्न सम्बन्धित निकायमा निर्देशनका लागि प्रधानमन्त्री समक्ष अनुरोध गरिएको छ । 

प्रतिनिधि मण्डलसँगको भेटका अवसरमा प्रधानमन्त्री ओलीले यस विषयलाई आफूले गम्भीरता पूर्वक लिएको र छलफल अघि बढाएर उपयुक्त निर्णय गर्ने वताउनु भयो । ‘तपाईंहरुले बडो महत्वको विषय उठाउनु भएको छ, रामप्रसाद राई को हुनुहुन्छ मलाई राम्रोसँग जानकारी छ’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यस विषयमा छलफल अघि बढाएर उपयुक्त निर्णय लिइनेछ ।’