NP EN

सुदुर पश्चिमलाई सुन्दर र विकसित बनाउनु पर्दछ : प्रम ओली

काठमाडौं, ३१ भदौ, प्रधानमन्त्री केपी शर्मा ओलीले सुदुरपश्चिमलाई सुन्दर र विकसित बनाउनुपर्ने बताउनुभएको छ । सुदुरपश्चिमाञ्चल विश्वविद्यालयको सातौं विश्वविद्यालयसभाको आज बालुवाटारमा उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । 

प्रधानमन्त्री ओलीले सुदुरपश्चिम विकासमा पछि प¥यो भनेर सधैं गीत मात्र गाएर अघि नबढ्ने प्रधानमन्त्री ओलीको भनाइ छ । “प्राकृतिक स्रोतले भरिपूर्ण सुदुरपश्चिमका सम्भावना धेरै छन् । यो क्षेत्रमा आवश्यक पर्ने कृषि,इन्जिनियरिङ,प्राविधिक जनशक्ति आदि सुदुरपश्चिमाञ्चल विश्वविद्यालयले उत्पादन गर्नुपर्दछ ।” 

प्रधानमन्त्री ओलीले शिक्षामा एक बर्ष भित्र संख्यात्मक मात्र होइन गुणात्मक परिवर्तन हुने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले सरकारले हरेक पक्षमा परिणाम हेर्ने बताउनुभएको छ । “म कसैको मुख हैन कामको परिणाम हेर्छु” प्रधानमन्त्री ओलीले भन्नुभएको छ ।



विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले विश्वविद्यालयका सम्बन्धमा उठेका विभिन्न गुनासाहरुका सम्बन्धमा छानविन गर्नका लागि दुईवटा समिति गठन गर्नुभएको छ । विश्व विद्यालयमा समायोजन भएका आंगिक क्याम्पसहरुको अवस्था बुझ्न राष्ट्रिय योजना आयोगका सदस्य उषा झाको नेतृत्वमा र आर्थिक बिषयमा उठेका गुनासाहरुका बिषयमा छानविन गर्न अर्थ मन्त्रालयका सचिबको नेतृत्वमा एक समिति गठन गर्नु भएको छ । दुवै समितिले १५ दिन भित्र प्रतिवेदन विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्रीलाई बुझाउन निर्देशन दिइएको छ । समितीको प्रतिवेदन अध्ययन गरेर विश्व विद्यालयसभाको बैठक पुन आयोजना गर्ने गरी स्थगित गरिएको छ ।