NP EN

प्रधानमन्त्रीद्वारा एचआइभी संक्रमित बालबालिकालाई टिका

काठमाडौं ३ कातिक,प्रधानमन्त्री केपी शर्मा ओली र प्रथम महिला राधिका शाक्यले  एचआइभी संक्रमित बालबालिकालाई टिका लगाइदिनु भएको छ ।

शिक्षा सदन किर्तिपुर भत्केपाटीमा अध्ययनरत २३ जना बालबालिकालाई आज प्रधानमन्त्री निवास बालुवाटारमा वहाँहरुले सामुहिक टिका लगाइ दिनुभएको हो । 

सो अवसरमा बालबालिकाहरुले गायन लगायत विभिन्न विधाका कलाहरु प्रष्तुत गरेका थिए । प्रधानमन्त्री ओलीले बालबालिकाको अध्ययनको अवस्था,उनीहरुका आवश्यकताका बारेमा विद्यालयका शिक्षहरुसँग चासो समेत राख्नु भएको छ ।