NP EN

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख

काठमाडौं,१३ कातिक,प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ स्थिती सुधारोन्मुख रहेको छ । उहाँ उपचाररत त्रिवि शिक्षण अस्पतालले आज विहान एक विज्ञप्ती प्रकाशित गरेर सो जानकारी दिएको हो ।

अस्पतालका प्रा.डा.उत्तम कृष्ण श्रेष्ठले जारी गरेको विज्ञप्तीमा यस्तो लेखिएको छ  “आज विहान गरिएको रगत परिक्षण तथा छातीको एक्स – रे आदीको रिर्पोट सकारात्मक रहेको र स्वास्थ्य स्थिती सुधारोन्मुख रहेको जानकारी गराइन्छ ।”



प्रधानमन्त्री ओलीलाई छातीमा संक्रमण देखिएपछि कातिक १२ गते त्रिवि शिक्षण अस्पताल मनमोहन कार्डियोथारासिक भास्कुलर तथा टकान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो । प्रधानमन्त्री ओलीलाई प्रा.डा अरुण सायमीको संयोजकत्वमा प्रा.डा.दिव्या सिंह शाह तथा डा.सन्त कुमार दास सम्मिलित समुहले उपचार गरिरहेको छ ।

अस्पतालले अपरान्ह पाँच बजे पुन प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बारे जानकारी गराउने छ ।

यसैबीच नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्राई,नेतृ हिसिला यमी,काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले अस्पतालमा पुगेर स्वास्थ्य लाभको कामना गर्नुभएको छ