काठमाडौं,१४ कात्तिक,प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सन्तोषजनक रहेको छ ।
आज विहान अस्पतालले जारी गरेको प्रेस नोटमा सो कुरा जनाइएको छ ।
त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथेरासिक भास्कुल तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक उत्तम कृष्ण श्रेष्ठले जारी गरेको प्रेस विज्ञप्तीमा आज विहान गरिएका सबै परिक्षणको रिर्पोट सन्तोषजनक रहेको उल्लेख छ ।
प्रधानमन्त्री ओलीलाई स्वास्थ्या समस्या भएपछि गत कातिक १२ गते अस्पताल भर्ना गरिएको थियो ।