काठमाडौ., ११ पुस, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक एकतावद्ध रुपमा सकिने बताउनुभएको छ ।
नेपाल राष्ट्रिय प्राध्यापक संघको पाँचौ राष्ट्रिय सम्मेलनमा देशैभरीबट आएका प्रतिनिधीसँग आज साँझ बालुवाटारमा भेटघाट गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले पार्टी भित्र सानातिना कुरामा कसैले विवाद झिक्ने खोजेको भए पनि त्यो उम्लेको दुध जस्तो मात्र भएको बताउनुभएको छ । “केही केही मान्छेहरुले सानोतिनो विवादलाई ठुलो बनाएका थिए” प्रधानमन्त्री ओलीले भन्नुभयो “त्यो दुध उम्ले जस्तो मात्र हो । आगो निभाउँदा फ्यास्स । त्यसैले ढुक्क भए हुन्छ बैठक एकतावद्ध भएर सकिन्छ ।”
प्रधानमन्त्री ओलीले समृद्ध नेपाल सुखी नेपाली सबै देशबासीको चाहना भएकोले त्यो पुरा गर्न सरकार प्रतिवद्ध भएको बताउनुभएको छ । सरकारको यो लक्ष्य पुरा गर्न प्राध्यापकहरुको सहयोग पनि आवश्यक रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले प्राध्यापकहरुलाई व्यवाशायिक दक्षता कायम गर्न सुझाउन भएको छ । “तपाईंहरु व्यावशायिक रुपमा दक्ष हुनुहोस र पेशाप्रति प्रतिवद्ध हुनुहोस” प्रधानमन्त्री ओलीले भन्नुभयो “शिक्षा विकासको मेरुदण्ड हो । यो मेरुदण्ड बलियो बनाउने जिम्मा तपाईंहरुको हो ।”