NP EN

सुशासन र विकास आजको आवश्यकता : प्रम ओली

ललितपुर, १९ पुस, प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकास आजको आवश्यकता भएको बताउनुभएको छ ।

आज ललितपुरमा फोहोर पानी प्रशोधन केन्द्र निर्माण योजनाको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । 

प्रधानमन्त्री ओलीले सुशासन विना समृद्धि हासिल नहुने भन्दै यसलाई सबैले आत्मसाथ गर्नुपर्ने बताउनुभएको छ । देश विकास तिव्रताका साथ गर्नु पर्ने भएकोले हरेक क्षेत्र त्यसै अनुसार अघि बढिरहेको प्रधानमन्त्रीको भनाइ छ । “शिक्षा,स्वास्थ्य,पर्यटन,खानेपानी आदि सबै क्षेत्रमा तिव्रताका साथ काम भइरहेको छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “कृषि क्षेत्र,वाणिज्य क्षेत्र सबैतिर हामी तिव्रताका साथ अघि बढेका छौं ।”



प्रधानमन्त्री ओलीले सरकार निश्चित लक्ष्यमा अघि बढेकोले हरेक काम योजनाबद्ध ढंगले गरिरहेको बताउनुभयो । “यो भोली उठी कहाँ जाने भन्ने चिन्ता भएको सरकार होइन” प्रधानमन्त्री ओलीले भन्नुभयो “त्यस कारण यसका दृढताका साथ काम गर्छ ।”