काठमाडौं १६ माघ, प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले भ्रष्टाचार विरुद्ध कडा कदम र कडा कारबाही अघि बढाउने बताउनुभएको छ ।
गौतम बुद्ध अन्तराष्ट्रिय रंगशाला घोषणा तथा सहमती पत्रमा हस्ताक्षर कार्यक्रमको घोषणा गर्दै प्रधनमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले अहिले धमाधम भ्रष्टाचारी पक्राउ परिरहंदा यसलाई भ्रष्टाचार बढेको भन्न नमिल्ने बताउनुभयो । “भ्रष्टाचारी पक्राउ पर्नु भनेको यस विरुद्ध सरकार आक्रामक छ भन्ने सन्देश हो ” प्रधानमन्त्री ओलीले भन्नुभयो “सरकारले भ्रष्टाचार विरुद्ध कडा कदम र कडा कारबाही अघि बढाएको छ ।”
प्रधानमन्त्री ओलीले नेपालको अब नेपालको परिचय बदल्नु पर्ने बताउनुभएको छ । गरिबी,अशिक्षा र भोकमरीको नेपाल नभइ सम्पन्न र सुखी नेपालको रुपमा पहिचान बनाउनु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।
धुर्मुस सुन्तली फाउण्डेसनले भरतपुर महानगरमा २० बिगाहा जग्गामा अन्तराष्ट्रिय रंगशाला निर्माण गर्न लागेको हो । रंगशाला करिब ३ अर्ब रुपैंयामा २ बर्षमा निर्माण सम्पन्न हुने जनाइएको छ ।