काठमाडौं १८ माघ, प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सही बाटो र सही नीति लिएको बताउनुभएको छ ।
नेपाल कम्यूनिष्ट पार्टी (नेकपां)का साँसदहरुसँग आज बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले कुनै पनि बिषयलाई राम्रोसँग अध्ययन गरेर संसदमा प्रष्तुत हुन आग्रह गर्नुभएको छ । पार्टीको नीति र विधि भित्र रहेर आफ्ना कुरा राख्न प्रधानमन्त्री ओलीले सांसदहरुलाई सम्झाउनु भएको छ । “पार्टीको एकता प्रक्रिया टुंगोमा नपुग्दा केही अन्यौल भएको छ तर अब चाँडै यो प्रक्रियाले अन्तिम रुप लिन्छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “त्यसपछि पार्टीका नीति निर्देशन, स्थानीय तहमा पुग्छन् । त्यसपछि स्थानीय तहहरुलाई निर्देशित गर्न पनि सजिलो हुन्छ ।”
प्रधानमन्त्री ओलीले समय मिलाएर संसदीय दलको बैठक नियमित राखिने,संसदहरुलाई विभिन्न बिषयमा प्रशिक्षित गरिने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई साँसदहरुसँग घनिष्ट सम्बन्ध राख्न आग्रह गर्नुभएको छ । “कतिपय अवस्थामा मन्त्रीहरु सिधै जनतासँग जोडिन सकेका हुदैनन् ,त्यसका लागि साँसदहरु मार्फत मन्त्रीहरुले जनताका कुरा सुन्ने र आफ्ना कुरा जनताा पठाउने हो ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।