NP EN

प्रधानमन्त्री ओली नियमित स्वास्थ्य जाँचका लागि अस्पतालमा

काठमाडौं, २२ फागुन, प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य जाँचका लागि आज अस्पताल भर्ना हुनु भएको छ । प्रधानमन्त्री ओली त्रिभूवन विश्व विद्यालय शिक्षण्मा अस्पताल महराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा नियमित स्वास्थ्य जाँचका क्रममा आज बिहान १० बजे जानु भएको थियो । 

अस्पतालका प्रा.डा. उत्तम कृष्ण श्रेष्ठले  दिउसो १ ः १५ बजे जारी गरेको विज्ञप्ती अनुसार नियमित स्वास्थ्य जाँचका लागि आउनुभएका प्रधानमन्त्री ओलीको थप परीक्षण गर्नु उपयुक्त देखिएकोले अब्जरभेसनमा राखिएको उल्लेख छ ।  प्रधानमन्त्री ओलीको स्वास्थ्य सामान्य रहेको विज्ञप्तीमा उल्लेख छ । प्रधानमन्त्री ओलीको स्वास्थ्य परिक्षण डा.अरुण सायमीको संयोजकत्वमा भइरहेको अस्पतालले जनाएको छ ।