काठमाडौं, २३ फागुन, प्रधानमन्त्री केपी शर्मा ओलीले साँस्कृतिक विविधता नेपालीको पहिचान भएको बताउनुभएको छ ।
ग्याल्बो ल्होसारको उपलक्ष्यमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले नेपालको भूगोलमा १२५ जाती र १२३ भाषा बोल्ने मानिसको बसोबास हुनु आफैंमा गौरवको बिषय भएको उल्लेख गर्नुभएको छ । “नेपाल आफैंमा एउटा संग्राहलय हो । यस भूगोलमा यती धेरै साँस्कृति विविधता छ ,जो अन्यत्र पाइदैन” प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ “यी विविधतालाई संरक्षण गर्न सरकार सधैं सकारात्मक छ ।”
प्रधानमन्त्री ओलीले ग्याल्बो ल्होसार मनाउने सबै समुदायलाई सुख,शान्ती र उत्तरोत्तर प्रगतिको कामना पनि गर्नुभएको छ ।