काठमाडौ, १७ बैशाख,प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी सम्पती जोसुकैले हडपेको भए पनि फिर्ता गरिने बताउनुभएको छ ।
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को संयुक्त संसदीय दलको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले बालुवाटारको ललिता निवास भनिएको ठाउँको जग्गा वर्तमान सरकारले नै छानबीन समिति बनाएर तथ्यहरु बाहिर ल्याएको बताउनुभएको छ । “हामी छानबीन गदैछौं र त्यो जमिन फिर्ता लिने प्रोसेसमा सरकार छ । सरकारका विरुद्ध बोल्न अप्ठ्यारो नमानिकन बोलिराखेका छन् ” प्रधानमन्त्री ओलीले भन्नुभयो “ हामी केही बोल्दैनौं तर म के मात्र भन्न चाहन्छु भने सरकारी सम्पति जतासुकै, जोसुकैले, जहिलेसुकै हडप गरेको होस् त्यो दृढतापूर्वक र कडाइका साथ फिर्ता ल्याइने छ र त्यो फिर्ता ल्याउँदा कसलाई मर्का पर्छ त्यो हेरिने छैन ।”
प्रधानमन्त्री ओलीले नेकपा विरुद्ध प्रहार गर्नका लागि महासचिव बिष्णु पौडेलका बारेमा अनेक हल्ला चलाइएको बताउनुभयो । “उहाँले ०६१ सालमा राजाको शासनको बेला बालुवाटारको दक्षिण कुनामा ८ आना जमिन किन्नु भएको रहेछ कसैसँग । त्यसमा त्यो जमिन पर्छ पर्दैन त्यस सरकारबाट जालझेल गरेर मान्छेले आफ्नो बनाएको भित्र पर्छ कि पर्दैन ” प्रधानमन्त्री ओलीले भन्नुभयो “ आफ्नो बनाएको भित्र पर्छ भने पनि त्यो धेरै जनाले किनबेच गरिसकेपछि थाहा नपाएर अरुले गरेको किनबेच त्यो हडपेको होइन । तर त्यस सम्बन्धमा मैले केही भनिहाल्नु आवश्यक छैन् किनभने त्यो समयक्रममा हामी सबै तथ्यहरु सहित प्रस्तुत हुनेछौं । हामी हतारो गर्नुपर्ने केही पनि छैन ।”
प्रधानमन्त्री ओलीले कालाबजारी, तस्करी, भ्रष्टाचार अनियमिता यस सम्बन्धमा अहिले जसरी कारबाही कहिले खोजविन र कारबाही कहिले नभएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले भन्नुभएको छ “एउटा क्षेत्रमा मात्रै होइन सबै क्षेत्रमा । सबै क्षेत्रमा हामी भ्रष्टाचारको खोजबीन, अनियमितताको छानबीन गछौं ।”
प्रधानमन्त्री ओलीले विप्लप समुहका कामकारबाहीलार्ई फिर्ता गर्न प्रतिबन्द नलगाएको स्पष्ट पार्नुभएको छ । “ आंकतपूर्ण, विध्वसात्मकपूर्ण क्रियाकलापहरु, त्यस्तो विचार प्रवृति अन्त्य गर्नका लागि सरकारले मुभ गरेको हो । त्यसकारण त्यसलाई फिर्ता गर्ने भन्ने असम्भव कुरा हो । ”