NP EN

मजदुर आन्दोलनको उपलब्धिलाई निश्चित उचाईमा छ :प्रम ओली

काठमाडौँ, १८ वैशाख, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको श्रमिक र मजदुर आन्दोलनले ठूलो सफलता हासिल गरेको बताउनुभएको छ ।

संयुक्त टे«ड युनियन समन्वय केन्द्रद्धारा एक सय तीसौ मे दिवसका अवसरमा भृकुटी मण्डपमा आज आयोजित समारोहलाई सम्वोधन गर्दै उहाँले भन्नुभयो– हाम्रो रगत, पसिना र मेहनत खेर गएको छैन, मजदुर आन्दोलनको उपलब्धिलाई निश्चित उचाईमा पु¥याइएको छ ।

संविधानले हामीलाई अघि बढन श्रमिक बर्गिय चिन्तनलाई आधार मानेको बताउदै प्रधानमन्त्री ओलीले भन्नुभयो– मजदुर बर्गिय विचारबाट देश अघि बढिरहेकोछ, समाजवाद, लोकतन्त्र र गणतान्त्रिक व्यवस्था यसका उपलब्धि हुन, मजदुर माथि अन्याय गरेर समस्याको समाधान खोज्नु हुँदैन भन्ने सरकार प्रष्ट छ ।

मजदुर संगठनले विभिन्न विचार धारा राख्ने सवैलाई एक ठाउमा ल्याएको बताउदै उहाँले सरकारले गरेका कामको जति नै आलोचना गरेपनि इतिहासमा कहिल्यै नगरेका काम र उपलब्धि वर्तमान सरकारले गरेको छ भन्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो– १०० दिनको रोजगारीको सुनिश्चित गरेको र त्यो नभए भत्ता उपलब्ध गराउने व्यवस्था समेत गरिएको छ, अहिले रोजगारदाता, श्रमिक र सरकारबीच समधुर सम्बन्ध छ हामी एक भएर अगाडि बढ्ने छौं ।

अर्को एक प्रशंगमा प्रधानमन्त्री ओलीले सरकारले राम्रो काम गरेकोमा खुशी हुनुपर्नेमा समर्थन फिर्ता लिने काम भएको छ आउनुस् मिलेर काम गरौं समर्थन फिर्ता लिनुस् भन्नुभयो ।

विगतमा मिलेर काम गर्दा साझा आन्दोलन र साझा उपलब्धी हासिल भएको बताउँदै उहाँले भन्नुभयो हामी मिलेर अगाडि बढौं मिलेर उपलब्धी हासिल गरौं मजदुर संगठनबाट सिकेर एकताका साथ अघि बढौं ।

लगानीका लागि नेपालमा अनुकुल वातावरण बनेको उल्लेख गर्दै उहाँले भन्नुभयो देशले अहिले सुशासन र विकास खोजे छ, पृथकतावाद टुङ्गीएको छ देशमा शान्ति सुव्यवस्था  कायम भएको छ । रासस