NP EN

मुस्लिम समुदायमा ब्यापक जनचेतनाको आवश्यकता : प्रम ओली

काठमाडौं, २१ बैशाख, प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्लिम समुदायमा ब्यापक जनचेतनाको आवश्यकता रहेको बताउनुभएको छ । मुस्लिम आयोजले आज आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनभुएको हो । प्रधानमन्त्री ओलीले मुस्लिम समुदायमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा ब्यापक सामाजिक जागरणको अभियान सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । “मुस्लिम आयोगले यस समुदायमा शिक्षा ,स्वास्थ्य र सामाजिक जागरणको क्षेत्रमा व्यापक अभियान चलाएर यस समुदायमा आत्मविश्वास बढाउनु जरुरी छ” प्रधानमन्त्री ओलीले भन्नुभयो । प्रधानमन्त्री ओलीले नेपालका अरु समुदाय जस्तै मुस्लिम समुदाय पनि हरेक क्षेत्रमा अघि बढ्न सक्ने बताउनुभएको छ । “यस समुदायले समाजलाई नेतृत्व गर्न सक्ने गरी अघि बढ्नु पर्दछ ” प्रधानमन्त्री ओलीले भन्नुभयो “यस समुदायको जनसंख्या कति छ भन्ने महत्वपूर्ण कुरा होइन तर यसको सामाजिक स्थिती के छ भन्ने कुरा महत्वपूर्ण कुरा हो । यस समुदायलाई हामीले अघि बढाउनु पर्दछ । ” प्रधानमन्त्री ओलीले मुस्लिम समुदायलाई अघि बढाउनका लागि सधैं सकारात्मक रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । कार्यक्रममा मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीले स्वागत मन्तव्य राख्दै नेपालमा मुस्लिमहरुको अवस्थाका बारेमा प्रष्ट पार्नु भएको थियो ।