भियतनाम, २८ वैशाख: प्रधानमन्त्री केपी शर्मा ओलीले आज हो ची मिन्ह हाउसको अवलोकन गर्नुभएको छ । सन् १९५८ देखि १९६९ सम्म भियतनामका पूर्व राष्ट्रपति तथा पूर्व प्रधानमन्त्री हो चि मिन्ह उक्त हाउसमा बस्नुभएको थियो ।
प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा नेता होको शयन, अध्ययन र वैठक कक्ष अबलोकन गर्नुभयो । प्रधानमन्त्री ओलीले अतिथि पुस्तिकामा ‘कमरेड हो ची मिन्ह अमर रहुन्’ भनी उहाँको स्मरण गर्नुभएको थियो । सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई, परराष्ट्र सचिव शङ्करदास वैरागीलगायतको सहभागिता रहेको थियो । (रासस)