NP EN

​प्रधानमन्त्रीको उपस्थितिमा हस्ताक्षर

काठमाडौँ, ७ असोज-प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा आज नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच आपसी भाइचारासम्बन्धी छ बुँदे सम्झौता भएको छ । दुई अध्यक्षको उपस्थितिमा नेकपामा विदेश मामिला विभाग प्रमुख माधवकुमार नेपाल र नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सङ ताओले सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।