काठमाडौं, ७ कात्तिक, प्रधानमन्त्री केपी शर्मा ओली असंलग्न आन्दोलन (नाम) को १८ औं शिखर सम्मेलनमा भाग लिन आज अजरवैजानको राजधानी बाकुतर्फ प्रस्थान गर्नुभएको छ ।
प्रधानमन्त्री ओली अहिले बिहान ११; ४५ बजे कतार एयरवेजबाट त्यसतर्फ प्रस्थान गर्नुभएको हो । प्रधानमन्त्री ओलीले भोलि शुक्रबार शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्रीका साथमा प्रथम महिला राधिका शाक्य, प्रमुख सल्लाहकार बिष्णु प्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा.राजन भट्टराई, स्वकीय सचिब राजेश बज्राचार्य लगायत हुनुहुन्छ । प्रधानमन्त्री ओली आगामी १० गते स्वदेश फर्कने कार्यक्रम छ ।