NP EN

प्रधानमन्त्रीद्वारा केशर महलको अवलोकन

काठमाडौं, १३ फागुन: प्रधानमन्त्री केपी शर्मा ओलीले गोरखा भूकम्पबाट क्षति भई प्रवलीकरण भइरहेको ऐतिहासिक केशर महलको आज अवलोकन गर्नुभएको छ ।

अवलोकनपछि उहाँले केशर महलको ऐतिहासिक र सांस्कृतिक महत्वलाई संरक्षण गर्न निर्देशन दिनुभयो । प्रधानमन्त्री ओलीले केशर पुस्तकालय र स्वप्न बगैँचाको पनि अवलोकन गर्नुभयो । पुस्तकालयको अवलोकनपछि उहाँले आगन्तुक पुस्तिकामा ‘केशर पुस्तकालयको संरक्षण र सदुपयोग गरौं’ भन्ने लेख्नुभएको छ । 

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले केशर महललाई पहिलेकै स्वरुप कायम गर्ने गरी प्रवलीकरण गर्ने र राष्ट्रियस्तरको कला केन्द्रका रुपमा विकास गर्ने योजना रहेको जानकारी दिनुभयो । रु ५९ करोड ५० लाखको ठेक्का सम्झौता रहेको केशरमहलको प्रवलीकरण २०७८ साल मङ्सिरसम्ममा सम्पन्न गर्ने लक्ष्य छ । (रासस)