काठमाडौं, २ भदौ: प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनप्रति दुख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले ट्वीटर मार्फत घिमिरेको निधनले नेपालले साहित्य र वाङमयका एक विशिष्ठ साधक गुमाएको बताउनुभएको छ।
प्रधानमन्त्री ओलीले भन्नुभएको छ, राष्ट्रकवि माधवप्रसाद घिमिरेका १०२ वर्षको उमेरमा आज दुःखद निधन भएको छ । उहाँको अवसानबाट नेपालले साहित्य र वाङमयका एक विशिष्ट साधक गुमाएको छ। साहित्य मार्फत उहाँले मुलुकलाई लगाउनु भएको गुण नेपाली जनताले कहिल्यै भुल्ने छैनन । शोकको यस क्षणमा म उहाँप्रति उच्च सम्मान र श्रद्धाञ्जलि व्यक्त गर्दछु । साथै शोक सन्तप्त परिवार र आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।
राष्ट्र कवि माधवप्रसाद घिमिरेकाे १०२ बर्षकाे उमेरमा आज दुःखद निधन भएकाे छ । उहाँकाे अवसानबाट नेपालले साहित्य र वाङमयका एक विशिष्ट साधक गुमाएको छ। साहित्य मार्फत उहॉले मुलुकलाई लगाउनु भएको गुण नेपाली जनताले कहिल्यै भुल्ने छैनन्।...+ pic.twitter.com/G66wwJ6t2C
— K P Sharma Oli (@kpsharmaoli) August 18, 2020