NP EN

२६४५औँ बुद्ध जयन्ती तथा लुम्बिनी दिवस २०७८ का अवसरमा प्रधानमन्त्रीको सन्देश

१२ जेठ २०७८
 
आज विश्व शान्तिका अग्रदुत सिद्धार्थ गौतम बुद्धको २५६५ औं जन्मजयन्ती हो । सिद्धार्थ गौतम बुद्धको जन्म ईसापूर्व ६२३ मा लुम्बिनीको सुन्दर बगैंचामा भयो । सिद्धार्थ गौतमको जन्म नेपालमा हुनु नेपाल र नेपालीका लागि खुसी र गर्वको विषय पनि हो । सिद्धार्थ गौतम बुद्धद्वारा प्रतिपादित बुद्ध शिक्षा र विकसित बौद्ध दर्शनको महत्व र यसले विश्वशान्तिमा पु¥याएको योगदानलाई मनन गरी संयुक्त राष्ट्र संघले सन् १९९९ देखि यस दिनलाई अन्तर्र्रािष्ट्रय ख्भकबप म्बथ का रूपमा मनाउदै आईरहेको छ । साथै बुद्ध जयन्तीलाई हामीले पनि लुम्बिनी दिवसका रूपमा मनाउँदै आएका छौँ ।
 
यस अवसरमा म विश्व शान्ति, मानव कल्याण र अहिंसाका अग्रदूत सिद्धार्थ गौतम बुद्धप्रति उच्च सम्मान व्यक्त गर्दछु । उहाँको जन्मले नेपाललाई विश्वमा विशेष चिनारी मात्रै नभई विश्वसम्पदा र साँस्कृतिक पर्यटनको माध्यमबाट असीमित सम्भावना समेत दिएको छ । संसारभरिका बौद्ध समुदायले जीवनमा एक पटक भ्रमण गर्नैपर्ने पवित्र तीर्थस्थलका रूपमा लुम्बिनीप्रति एकसाथ श्रद्धा र आनन्दको अनुभूति हुन्छ । लुम्बिनीले उपलब्ध गराएको प्रचूर सम्भावनासदुपयोग गर्न विगतमा नसक्नु हाम्रो कमजोरी थियो । 

वर्तमान सरकारले यस स्थितिलाई हृदयङ्गम गरी विश्व सम्पदा क्षेत्र लुम्बिनीलाई “लुम्बिनी नेपाल, बुद्धको जन्मस्थल, बौद्ध धर्मको उद्गमभूमि तथा विश्वशान्तिको मुहान” का रूपमा स्थापित गराउँदै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यलाई गतिका साथ अघि बढायो र अहिले उक्त निर्माणकार्य करिव पूरा भईसकेको अवस्था छ । साथै, संयुक्त राष्ट्र संघको सहयोगमा तयार भएको ‘लुम्बिनी विकास गुरुयोजना’लाई राष्ट्रिय गौरवको आयोजनामा सामेल गरी यथाशिघ्र पूरा गर्ने, बृहत्तर लुम्बिनी क्षेत्रको गुरुयोजना तयार गर्ने र प्राचीन कपिलवस्तु राज्यको दरवार क्षेत्र रहेको तिलौराकोट क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने कार्यमा समेत क्रियाशील रहेको छ । 

समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा हासिल गर्न कृतसंकल्पित वर्तमान सरकारले लुम्बिनी क्षेत्रमा पाँच हजार जना अटाउने क्षमताको सभागृह निर्माण गरिरहेको छ । यसका साथै योग एवं ध्यान केन्द्र निर्माणको कार्यसमेत पूरा हुने चरणमा रहेको छ । 

बुद्धत्व भनेको सुख, शान्ति र ज्ञानको उत्कर्ष हो । बुद्धले व्यक्तिगत रूपमा परम शान्ति हासिल गर्नुभयो र समाजको लागि परम शान्तिको मार्ग देखाउनु भयो । 

आज सिंगो विश्व महामारीको रूपमा फैलिइरहेको कारोना भाइरस (कोभिड–१९) को दोस्रो लहरबाट अत्यन्त प्रभावित भईरहेको छ । यस्तो महामारीबाट प्रभावित नभएको भए आज हामी भव्य रूपमा बुद्ध जयन्ती मनाउँदै अन्तर्राष्ट्रिय कार्यक्रमका साथ विश्व समुदायमाझ लुम्बिनी र नेपालप्रति ध्यान खिच्न अग्रसर रहेका थियौं । यस वर्ष पनि गत वर्षझैं हामी त्यस अवसरबाट बञ्चित हुन पुगेका छौं । किनभने, यस वर्षको बुद्ध जयन्ती एवम् लुम्बिनी दिवस हामीले मुलुक पूर्णतः निषेधाज्ञाको बीचमा मनाउनु पर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ । 

यस महामारीबाट नेपाल लगायत विश्वभरि ज्यान गुमाउने सबैप्रति म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, संक्रमितहरू सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सबैजना यस महामारीबाट विशेष सजग रहनुहुन समेत अनुरोध गर्दछु ।

कोरोना भाइरसको महामारीबाट जीवन गुमाउनेहरूको स्मृति एवं निषेधाज्ञाका कारण मानसिक तनावमा परेका सबैमा शान्तिका लागि र संक्रमितहरूको शीघ्र स्वास्थ्यलाभका साथै उचित उपचार र हेरचाहमा संलग्न रहेका अग्रपंतिका योद्धाहरूप्रति ऐक्यबद्धता जाहेर गर्न बुद्ध जयन्तीको यस पावन अवसरमा लुम्बिनी लगायत सबै बौद्ध विहार र आआफ्नो घरमा जेठ १२ गते साँझ ७ः०० बजे दीप प्रज्वलन गर्न समेत म सबैमा हार्दिक आव्हान गर्दछु ।

सवैको कल्याण होस, सवैको मंगल होस, सवैमा शान्ति र सुख प्राप्ति होस ।