NP EN

‘योग कुनै अन्धविश्वास होइन, मन सफाइको माध्यम हो’: प्रधानमन्त्री

काठमाडौँ, ७ असार: सातौं अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले मानवको शारीरिक स्वास्थ्यमात्र होइन मात्र होइन समाजलाई साँस्कृतिक, नैतिक र चारित्रक रुपले सबल राख्न समेत योग आवश्यक रहेको बताउनुभयो । ‘योग फर वेल विइङ’को नारासहित विश्वभर आज अन्तर्राष्ट्रिय योग दिवस मनाइदैछ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा भइरहेको सांस्कृतिक अधःपतन र असत्यलाई महत्व दिइने प्रवृत्ति अन्त्यका लागि योग र साधनालाई प्रश्रय दिनुपर्ने बताउनुभएको छ । विश्व योग दिवसका अवसरमा आज मूल समारोह समितिको आयोजनामा आयोजित भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सांस्कृतिक वैभवपूर्ण सभ्यतालाई कायम राख्न विद्यालय तहदेखि नै योग शिक्षा र अभ्यासलाई महत्व दिन आग्रह गर्नुभएको हो ।

उहाँले योग गुरुहरुलाई आफ्ना योगाभ्यास विधिमा आवश्यक परिमार्जन गरी हरेक व्यक्तिलाई सत्य निष्ठाप्रति सङ्कल्पित गराउन आग्रह गर्दै भन्नुभयो, ‘‘योग कुनै अन्धविश्वास होइन, यो मनको सफाइको माध्यम हो, यो एक अनुशासन पनि हो । योगका नाममा देखाइने आडम्बर र गरिने व्यापारलाई स्थान दिनु हुँदैन ।’’

प्रधानमन्त्री ओलीले सबै नागरिकलाई खोप लगाएर आगामी वर्षको योग दिवसलाई खुल्ला स्थानमा मास्कबिना आउन सक्ने वातावरण निर्माण गरिने बताउनुभयो । उहाँले प्राचीन ऋषिमुनिहरुको तपस्या र साधनाका साथै योगको उद्गमस्थल नेपाल भएकाले यसलाई विश्वव्यापी बनाउन सरकार लागिरहेको पनि उल्लेख गर्नुभयो ।



प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्तिगत स्वास्थ्य मात्र नभई सामाजिक र साँस्कृतिक स्वास्थ्यलाई पनि सही हालतमा राख्न योग आवश्यक रहेको बताउनुभएको छ । 

प्रधानमन्त्री ओलीले साँस्कृतिक मर्यादा सामाजिक स्वास्थ्यको मुख्य विषय रहेको समेत बताउनुभयो । ‘विभिन्न प्रयासबाट अहिलेको  कोभिड १९ त एक डेढ वर्षमा पार होला तर सामाजिक र साँस्कृतिक अधपतनको महामारीले चल्यो भने कयौ पिढीँसम्म दुख्ख पाइनेछ’, उहाँले भन्नुभयो । 

अहिले सामाजिक सञ्जालमा देखिने प्रतिक्रियाले त्यस्तो अधपतनको संकेत गरेको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अहिले सामाजिक सञ्जाल हेरी नसक्नु हुन्छ’ ।

सभ्यताको सुरुवात भएको यो भूमिमा अहिले हामी असभ्यताको फागु खेलीरहेका छौं’। योगाभ्यासले यो साँस्कृतिक अधपतन रोक्नुपर्ने विचार प्रधानमन्त्रीको थियो । हामीले ‘भत्किएको धरहरा त दुई वर्षमै बनायौं तर साँस्कृतिक धरहरा भत्कियो भने दुई पुस्ता वित्दा पनि बनिसक्दैन, उहाँको भनाई थियो ।  

त्यसकारण योग गुरुहरुले आशनमा भन्दा अनुशासनमा ध्यान दिनुपर्छ । योगका आठ अंगहरु मध्ये पहिलो यम भएको र त्यसको पनि पहिलो कुरा पहिलो सत्य प्रतिको निष्ठा र असत्यलाई अस्विकार गर्नु भएको उहाँको भनाई थियो । ‘सत्यमा अडिग रहु । सत्यको निष्ठापूर्वक पालना गर असत्यलाई कुनै हिसाबका भ्रम वा त्रासका कारण स्वीकार नगर र त्यस विरुद्ध लड । यमले सही भन्छ’, उहाँको भनाई थियो । 

योगबाट असली लाभ लिन अनुशासन, सदाचार र सदगुण लिने रज, तम गुण क्लेश र खराबवृत्ति लाई परित्याग गर्नुपर्ने धारणा पनि प्रधानमन्त्रीले राख्नुभयो । 
आफ्नो वैधानिक र न्यायिक दावी पुग्ने बाहेकका कुरामा आशक्ति नराख्न पनि योगले सिकाउने धारणा उहाँको थियो । 

अरस्तुले सत्यकै लागि प्राण  त्याग गरेको प्रशंग समेत उल्लेख उहाँले बताउनुभयो । योगको प्रादुर्भाव नेपाली भूमीबाटै सूरु भएका बताउँदै उहाँले त्यसलाई कपिल मुनी र   विश्वव्यापी महामारीको यो समयमा मानिसलाई डिप्रसनमा जान नदिन, आशावादीता र मनोबल बढाउन रहेको भनाई उहाँको थियो ।  

अब योग सम्बन्धित प्रोटोकल बनाउने र  त्यसको परिणाम समेत प्राप्त हुने गरी व्यवस्थित गर्नु जरुरी रहेको भनाई पनि उहाँको थियो । यसका लागि पाठ्यत्रममा योग शिक्षा राख्ने र योग विद्यालय स्थापना पढाउ गर्ने तथा सिकाउने अभ्यास गर्नुपर्ने धारणा उहाँको थियो । 

योगसम्बन्धी उत्प्रेरणा जगाउन कहिले काहीँ सबै खालका मानिसलाई हुने योग शिविर चलाई पनि खासमा शारीरिक अवस्था र उमेर मात्र होइन व्यक्ति अनुसारका आशन सिकाउनु पर्ने धारणा उहाँको थियो । अज्ञानतावश गलत अभ्यास गरियो भने दुर्घटना हुन्छ । शास्त्रले गुरु विनाको शिक्षा वर्जित त्यसै गरेको होइन, उहाँको भनाइ थियो  । योगको विकासका लागि योग साधकहरुसँग मिलेर काम गर्न सरकार तयार रहेको पनि प्रधानमन्त्रीले बताउनुभयो ।