NP EN

तीन दलका शीर्ष नेताबीच छलफल 

१७ चैत २०८०, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली तीन दलका शीर्ष नेताहरूको बैठकमा सहभागी हुनुभएको छ । 
अध्यक्ष ओली, प्रधानमन्त्रीसमेत रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच शनिबार बालुवाटारमा छलफल भएको हो । 
तीनजना शीर्ष नेताहरूबीच सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगसँग सम्बन्धित टिआरसी विधेयक अघि बढाउने, संसदको अवरोध खोल्ने लगायत अन्य समसामायिक विषयमा छलफल भएको छ ।