प्रधानमन्त्रीद्वारा इस्टोनियाका प्रधानमन्त्रीलाई बधाई
काठमाडौँ, १४ माघ: प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र इस्टोनियाको प्रधानमन्त्रीमा काजा काल्लास नियुक्त हुनुभएकामा हार्दिक बधाई ज्ञापन गर्नुभएको छ ।
नवनियुक्त प्रधानमन्त्री काल्लासलाई आज पठाउनुभएको बधाई सन्देशमा उहाँले इस्टोनियाली जनतामा निरन्तर शान्ति, प्रगति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । सन्देशमा प्रधानमन्त्री ओलीले पारस्परिक हितका विषयमा द्विपक्षीय र बहुपक्षीय मञ्चका…