विकास र समृद्धिका सपनाहरूले साकार रूप लिन थालेको छ: प्रधानमन्त्री
काठमाडौँ, १५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रलाई जीवन पद्दतिका रुपमा स्थापित गराई शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन, नयाँ संविधान कार्यान्वयन गर्न, संक्रमणकालको अन्त्य गरी गणतन्त्रलाई संस्थागत गर्न र विकासको यात्रालाई अघि बढाउन सरकार केन्द्रित रहेको बताउनुभएको छ ।
१४औं गणतन्त्र दिवसका अवसरमा शनिवार जंगी अड्डामा आयोजित समारोहलाई सम्बोधन…