काठमाडौँको यातायात सुधारबारे विस्तृत योजना ल्याउन प्रमको निर्देशन
काठमाडौँ, ६ असोज - प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ उपत्यकाको यातायात व्यवस्थापन सुधारबारे एकीकृत र विस्तृत योजना ल्याउन सम्बन्धित मन्त्रालय र निकायलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज लगानी बोर्डको ४० औँ बैठकको अध्यक्षता गर्दै प्रधानमन्त्री ओलीले सोबारे हालसम्म भएका विभिन्न अध्ययन, अवस्था, त्यसका लागि लगानी गर्न इच्छुकहरुको…